Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

चक्रपथमा सेनाको बख्तरबन्द गाडीले गस्ती गर्ने

चक्रपथमा सेनाको बख्तरबन्द गाडीले गस्ती गर्ने

दैनिकी न्यूज

१८, माघ २०७७
चक्रपथमा सेनाको बख्तरबन्द गाडीले गस्ती गर्ने
images

काठमाडौं । नेपाली सेनाले माघ १९ गते राति बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ । सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो । त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ । नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ । सेनाले आवश्यकताअनुसार समय-समयमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - २२:००:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology