Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

चक्रपथमा सेनाको बख्तरबन्द गाडीले गस्ती गर्ने

चक्रपथमा सेनाको बख्तरबन्द गाडीले गस्ती गर्ने

दैनिकी न्यूज

१८, माघ २०७७
चक्रपथमा सेनाको बख्तरबन्द गाडीले गस्ती गर्ने
images

काठमाडौं । नेपाली सेनाले माघ १९ गते राति बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ । सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो । त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ । नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ । सेनाले आवश्यकताअनुसार समय-समयमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - २२:००:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology