काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४९ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव ६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
हाल लघुवित्त कम्पनीको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको छ ।