काठमाडौं । आइतबार करेक्सनपछि बढेको सेयर बजार मंगलबार पनि जारी छ । मंगलबार ६५.४९ अंकले बढेर नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु २४७३.७३ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंक् भन्दा धेरैले वृद्धि भएको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २०० कम्पनीका १ करोड ५४ लाख ९९ हजार ३८७ कित्ता सेयर ८ अर्ब ६७ करोड ५६ लाख ७१ हजार ३०९ रुपैयाँमा कारोबार भएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५८ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ग्लोबल आईएमई बैंकको ५३ करोड ८६ लाख, नेपाल टेलिकमको ३८ करोड ४८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ३५ करोड ५० लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २६ करोड ३१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ६६ लाख रुपैयाँ, नेको इन्सुरेन्सको २२ करोड ७० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १६ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १४ करोड ३९ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको १३ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा बढी बीमा कम्पनी र लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटाको शेयर मूल्य बढेको छ भने एउटा समूहको मात्रै शेयरमूल्य घटेको छ। यो दिन निर्जीवन समूह सर्वाधिक ६२६.२ अंकले बढेको छ । जीवन बीमा समूह ५९४.२४ अंक, बैंकिङ समूह ३३.७१ अंक, व्यापार समूह ३३ अंक, विकास बैंक समूह २८.३८ अंक, जलविद्युत् समूह ३३.९४ अंक, वित्त समूह १.४४ अंक, उत्पादन तथा प्रशोधन समूह ६१.२९ अंक, अन्य समूह ८०.०२ अंक, लघुवित्त समूह १५२.१२ अंक र म्युचुअल फन्ड समूह ०.०३ अंकले बढेको छ भने होटेल्स् समूह ६२.०८ अंकले गिरावट आएको छ।
आजको कारोबारमा १५२ वटा कम्पनीका लगानीकर्ताले कमाउँदा ३३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । त्यसैगरी १५ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
आजको कारोबारमा सबैभन्दा बढी प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र युनाइटेड लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी जनउत्थान लघुवित्त, सफल लघुवित्त, गुँरास लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स इन्स्योरेन्स, सानिमा जनरल, जनरल इन्स्योरेन्स र माउन्टेन इनर्जी कम्पनीको मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज ओरेन्टियल होटेलका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।