काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका उच्च तहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ । धर्मेन्द्रलाई पक्राउ गरेको विरोधमा हिमा बास्तोलाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहाई गर्न आदेश जारी गरेको हो । न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको इजलासले उनलाई रिहा गर्न आदेश गरेको हो । बास्तोलालाई ललितपुरको गिम्दीबाट गिरफ्तार गरेर काठमाडौंमा ल्याइएको छ ।