Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेपालमा कोरोना खोप अभियान : आजबाट दोस्रो चरण, १३ हजार पत्रकारलाई लगाइँदै

नेपालमा कोरोना खोप अभियान : आजबाट दोस्रो चरण, १३ हजार पत्रकारलाई लगाइँदै

दैनिकी न्यूज

२६, माघ २०७७
नेपालमा कोरोना खोप अभियान : आजबाट दोस्रो चरण, १३ हजार पत्रकारलाई लगाइँदै
images

काठमाडौं । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत नेपालमा आज दोस्रो चरण सुरु गरिँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि अग्रपंक्तिमा खटिएका पत्रकारलाई कोरोनाविरुद्ध खोप दिइनेछ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रपंक्तिमा खटिएका व्यक्तिलाई लगाइएको थियो। दोस्रो चरणमा पत्रकार, संयुक्त राष्ट्रसंघ, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप दिइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सोमबारदेखि ५ दिनसम्म अग्रपंक्तिमामा काम गर्ने पत्रकारलाई खोप दिइने जानकारी दिए।

उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय ९स्वास्थ्य सेवा विभाग० मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको बताए।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग मागेको देशभरिका पत्रकारको विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ।

खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ। देशभर करिब १३ हजार पत्रकार छन्।

पहिलो चरणमा १ लाख ८४ हजार ८५७ जनालाई खोप लगाइएको छ मन्त्रालयले जनाएको छ। पहिलो चरणको अभियान शनिबार सकिएको थियो। रासस

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - ०९:२२:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology