Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२६, माघ २०७७
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ सामान्य घटेको छ। यस दिन छापावाला सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसँघले जनाएको छ। त्यसैगरी तेजाबी सुन पनि प्रतितोला ८९ हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

अघिल्लो आइतबार सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको थियो।

सुनको भाउ घटेपनि चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको महासँघले जनाएको छ।

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - १३:१३:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology