काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको १३ लाख ४८ हजार ९८५ दशमलव १४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले मंसिर २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।