Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रू रू जलविद्युत परियोजनले फागुन ७ गतेदेखि आईपीओ निष्कासन गर्ने

रू रू जलविद्युत परियोजनले फागुन ७ गतेदेखि आईपीओ निष्कासन गर्ने

दैनिकी न्यूज

२८, माघ २०७७
रू रू जलविद्युत परियोजनले फागुन ७ गतेदेखि आईपीओ निष्कासन गर्ने
images

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले रु १०० प्रति शेयरका दरले ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर आयोना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि उक्त आईपिओ निष्कासन गर्न लागेको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने छ । निष्कासन बन्द फागुन २१ गते रहेको छ भने आवेदन कम परेमा ढिलोमा चैत ८ गते बैंकिङ्ग समयसम्म आवेदन खुला रहने छ ।

शेयर विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ०७:०१:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology