Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वाणिज्य विभागका नायब सुब्बा चन्द र लेखापढी व्यवसायी दाहाल घुससहित पक्राउ

वाणिज्य विभागका नायब सुब्बा चन्द र लेखापढी व्यवसायी दाहाल घुससहित पक्राउ

दैनिकी न्यूज

३, फाल्गुण २०७७
वाणिज्य विभागका नायब सुब्बा चन्द र लेखापढी व्यवसायी दाहाल घुससहित पक्राउ
images

काठमाडौं । काठमाडौंको बबरमहलस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले चन्दलाई सेवाग्राहीबाट घुसबापत लिएको ८ हजार रुपैयाँ नगदसहित आइतबार पक्राउ गरेको हो।

शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

दाहालले सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएर नासु चन्दलाई दिइसकेको अवस्थामा आयोगको टोलीले विभाग परिसरबाट दुवै जनालाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - १५:०८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology