काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १२५ जनामा कोरोना भाइस (कोभिड–१९ संक्रमण पुष्टि भएको छ। ४८ पुरुष र ७७ महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ। २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।
हाल कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९१ जना डिस्चार्ज भएसँगै कोरोना जितेको संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ। मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७२ जना क्वारेन्टाइनमा रहेका छन्। मन्त्रालयका अनुसार १३ जनाको भेन्टिलेटरमा ६१ जनाको आइसीयूमा उपचार भइरहेक छ।