गुल्मी । गुल्मीमा बुधबार जीप दुर्घटना भएको छ । रेसुंगा नगरपालिकामा बुधबार साँझ जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिकाको वडा नं. १४ पराल्मी रातामाटा जाँदै गरेको लु१ज १९८८ नम्बरको जिप पराल्मी गाउॅ नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पराल्मी गाउँकै २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ति नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार पोखरेलको घटनास्थलमै १ र २ जनाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते ६ जनामध्ये ४ जनाको गुल्मी अस्पतालमा र २ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।