Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दुईहप्ताभित्र आइपुग्दैछ थप खोप, कति नेपालीले लगाउन पाउँछन् ?

दुईहप्ताभित्र आइपुग्दैछ थप खोप, कति नेपालीले लगाउन पाउँछन् ?

दैनिकी न्यूज

६, फाल्गुण २०७७
दुईहप्ताभित्र आइपुग्दैछ थप खोप, कति नेपालीले लगाउन पाउँछन् ?
images

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले खोप प्रक्रियाको काम पूरा गरिसकेको बताउँदै २ हप्ताभित्र खोप आइपुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले भने, ‘२० लाख डोज खोप खरिद प्रक्रिया पूरा भइसकेको छ । खोप सहुलियत दरमै आउँदैछ ।’ माघ ८ गते भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको थियो । सो अनुसार अहिले खोप अभियान सञ्चालन भइरहेको छ । उनले आगामी फागुन २३ गतेदेखि जोखिम समूहलाई खोप दिने तयारी गरिरहेको बताए । ऐनका दफा निलम्बन गरेर खोप किनिँदै स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अरु देशभन्दा कोरोना नियन्त्रणमा नेपाल अरु देशभन्दा अघि नै रहेको दाबी गरे । ‘अब पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिकहरु नै रहेका छन् । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ मा खोपको प्रभाव एकदमै राम्रो देखिएको छ । ’

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - २२:५१:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology