Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

आज पनि सुनको भाउ ह्वात्तै घट्यो

आज पनि सुनको भाउ ह्वात्तै घट्यो

दैनिकी न्यूज

७, फाल्गुण २०७७
आज पनि सुनको भाउ ह्वात्तै घट्यो
images

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउमा निरन्तर गिरावट आएको छ । बिहिबार सुनको भाउ तोलामा ८९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । बिहिबार पनि तोलामा ६ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८८ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ तोलामा ८७ हजार ७५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । बिहिबार चाँदीको भाउ तोलामा १३३५ मा कारोबार भएकोमा आज घटेर तोलामा १३०५ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - ११:१२:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology