काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य सोमवार पनि १० प्रतिशतले बढेको छ ।
सोमवार यो समाचार पार्दाको समयसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६० रुपैयाँमा कारोबार भैरहेको छ । फागुन २ गते आइतबार ३४० रुपैयाँमा पहिलो कारोबार भएको यस बैंकको शेयर अहिले ६६० रुपैयाँमा कारोबार भइरहेको छ।
उक्त कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । अहिले हेर्दा पनि बैंकको शेयरमा अत्याधिक खरिदचाप छ।