Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सात दिनभित्र कोरोना बिमितको सही विवरण पठाउनूः स्वास्थ्य मन्त्रालय

सात दिनभित्र कोरोना बिमितको सही विवरण पठाउनूः स्वास्थ्य मन्त्रालय

दैनिकी न्यूज

११, फाल्गुण २०७७
सात दिनभित्र कोरोना बिमितको सही विवरण पठाउनूः स्वास्थ्य मन्त्रालय
images

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात दिनभित्र बिमितको सही विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयले कोरोना बिमा दाबी भुक्तानी प्रमाणिकरणको क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र बिमितको सही विवरण पठाउन निर्देशन दिएको हो ।

सोमबार मन्त्रालयले सूचना जारी गर्दै सात दिनभित्र सोमबारभन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिए अनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रुपमा पठाउन निर्देशन दिएको छ । तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बिमा दाबी प्रमाणीकरण लागि अयोग्य ठहरिनेछन् । नियमित रुपमा तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही समेत गरिने मन्त्रालयले चेतावानी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार सूचनामा मन्त्रालयले केही व्यक्ति कोभिड–१९ परीक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा ईडिसिडीमा रिर्पोटिङ भएको उल्लेख छ । ती विवरण कोरोना बिमा दाबी भुक्तानीका लागि प्रमाणीकरण अयोग्य भएको छ ।

h.jpg

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - ०६:३९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology