काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (मंगलबार) बढेको छ । सोमबार सुनको भाउ तोलामा ८९ हजारमा कारोबार भएकोमा आज १ हजार १ रुपैयाँले बढेर छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९० हजार १ रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ तोलामा ८९ हजार ६५० सय कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदीको भाउ तोलामा १ हजार ३३५ मा कारोबार भएकोमा आज तोलामा २५ रुपैयाँले बढेर १ हजार ३६० पुगेको महासंघले जनाएको छ ।