Logo

सोमवार, श्रावण २५ गते २०८३

images

हेटौंडामा दुई सुमो ठोक्किँदा ११ जना घाइते

हेटौंडामा दुई सुमो ठोक्किँदा ११ जना घाइते

दैनिकी न्यूज

११, फाल्गुण २०७७
हेटौंडामा दुई सुमो ठोक्किँदा ११ जना घाइते
images

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२, चौकीटोलमा आज बिहान सवारी–साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

बिहान हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना१ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र तिनको सामान्यावस्था छ । प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ । रासस

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - ११:४६:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology