Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कति प्रस्ताव गर्यो सारथी नेपाल लघुवित्तले लाभांश

कति प्रस्ताव गर्यो सारथी नेपाल लघुवित्तले लाभांश

दैनिकी न्यूज

१२, फाल्गुण २०७७
कति प्रस्ताव गर्यो सारथी नेपाल लघुवित्तले लाभांश
images

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ को लागि लाभांश प्रस्ताव गरेको छ ।

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया सम्पन्न गरेको यस कम्पनीले मर्जर पश्चात कायम शेयरधनीहरुलाई ९.११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

मर्जर पश्चात हाल कम्पनीको चुक्तापूँजी २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय कम्पनीको फागुन ११ गतेको सञ्चालन समितिको बैठकले गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - ११:१०:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology