काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ लाख २९ हजार ७०५ लाई खोप लगाइसकेका छन् । पहिलो चरणको खोप अभियान माघ १४ गते सुरु भएको थियो । दोस्रो चरणको खोप अभियान फागुन २३ गतेदेखि सुरु हुँदैछ । मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेको ५५ वर्ष माथिका सबै नागरिकलाई खोप दिइने बताए । उक्त अभियानमा विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायतका चालक तथा सहचालकलाई खोप दिइने छ । पहिलो मात्रा खोप पाएका व्यक्तिहरुलाई दोस्रो खोपको मात्रा कम्तीमा ८ हप्ताको फरकमा दिइने र सोको जानकारी मिति तोकी सार्वजनिक गरिने उनले बताए । उनले हाल दिइरहेको खोप कोभिसिल्ड गुणस्तर, सुरक्षित र प्रभावकारी देखिएको बताउँदै ढुक्कसँग लगाउन आग्रह गरे । कसले कति खोप लगाए ? स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु – १ लाख ३७ हजार ८८६ महिला स्वास्थ्य स्वयंसेविकाहरु – ३२ हजार ९३८ सार्वजनिक फोहोर संकलक सरसफाईकर्मी –६ हजार ५५५ एम्बुलेन्स तथा शव वाहन चालकहरु – १ हजार ७६५ कोभिड-१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी –४ हजार ८६० वृद्ध आश्रममा आस्रित नागरिक र हेरालु कर्मचारीहरु – ३ हजार ३३८ जेलमा रहेका कैदीबन्दी र सुरक्षाकर्मी – २१ हजार ६० अन्तर्राष्ट्रिय सीमामा खटिने कर्मचारीहरु – १ हजार ३९४ यूएन र कूटनीतिक नियोगका कर्मचारीहरु –११४० पत्रकारहरु – ६ हजार ७८९ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु –३३ हजार ६९५ जिल्ला तथा पालिका स्तरका सरकारी कर्मचारी –४८ हजार २६६ जनपद प्रहरी – ३२ हजार २२३ सशस्त्र प्रहरी– २२ हजार १४९ बैंकिङ कारोबार गर्ने कर्मचारी– ४९ हजार ७६९ प्राधिकरणका कर्मचारी–१८ हजार ८६९ जिल्ला अदालत तथा जिल्ला सरकारी वकिल कार्यालय – ३ हजार ७५१ नेपाली सेना – १५१७ अन्य – १६४१