काठमाडौं । सुनचाँदीको मूल्य फेरि घट्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि सुन र चाँदी दुबैको भाउमा गिरावट आएको छ । बिहीबार सुन तोलामा ५०० ले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ । महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८९ हजार ३०० कायम गरेको छ । हिजो तोलाको ८९ हजार ८०० मा कारोबार भएको थियो । मंगलबार तोलाको ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५०० रुपैयाँले नै घटेर तोलाको ८८ हजार ८५० कायम भएको छ । यसैगरी, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय ५५ कायम गरेको छ । बुधबार तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।