Logo

आइतवार, श्रावण २४ गते २०८३

images

किन घट्यो टेलिकम र एनसेलको आम्दानी ?

किन घट्यो टेलिकम र एनसेलको आम्दानी ?

दैनिकी न्यूज

१६, फाल्गुण २०७७
किन घट्यो टेलिकम र एनसेलको आम्दानी ?
images

काठमाडौं । सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको त्यस्तो आम्दानी सन् २०२० मा प्रतिग्राहक दुई सय १४ रुपियाँमा सीमित भयो। सोही वर्ष कुल आम्दानीको २२ प्रतिशत डेटा बिक्रीबाट प्राप्त गरेकोमा कम्पनीको यो हिस्सा बढेर सन् २०२० मा २४ प्रतिशत पुग्यो । पछिल्लो वर्ष एनसेलको आम्दानी १२ अर्ब रुपियाँभन्दा बढीले घटेको छ। आम्दानी ४१ अर्ब ९२ करोड रुपियाँमा झरेको छ । जबकी सन् २०१९ मा कम्पनीले ५४ अर्ब १६ करोड रुपियाँ आम्दानी गरेको थियो। एनसेलको खुद नाफामा त झन् भारी गिरावट नै देखिन्छ । एनसेलको मुख्य लगानीकर्ताले एजियटाले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार सन् २०२० मा खुद नाफा केवल तीन अर्ब रुपियाँ हाराहारी मात्र छ । सन् २०१९ मा एनसेलले १४ अर्ब रुपियाँ नजिक खुद मुनाफा आर्जन गरेको प्रतिवेदनमा देखिन्छ। सरकारी लगानीको नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराएको वित्तीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६÷७७ मा कम्पनीले ३४ अर्ब ७३ करोड रुपियाँ मात्र आम्दानी गरेको छ । जबकी आव २०७५/२०७६ मा टेलिकमले ३६ अर्ब रुपियाँ आम्दानी गरेको थियो। कम्पनीले माघ ३० गते प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा कुल आम्दानी गत आवको सोही अवधिको तुलनामा एक अर्ब ३४ करोड रुपियाँले घटेर २० अर्ब ५८ करोड रुपियाँ पुगेको उल्लेख छ। नेपालको दूरसञ्चार बजारमा ९८ प्रतिशत हिस्सा ओगट्ने यी दुई कम्पनीका सेवाको प्रयोग निरन्तर बढ्दो छ । निरन्तर सेवा विस्तारमा लगानी गरिरहेका कम्पनीहरूले आफ्नो बजार घटेको दाबी सार्वजनिक रूपमा पनि गरेका छैनन् । निष्क्रिय प्रयोगकर्ताको नाममा रहेका सिमकार्ड एक वर्षपछि अरूलाई नै बिक्री गर्न सक्ने प्रावधानका कारण तथ्याङ्कमा दुवै कम्पनीका ग्राहकको सङ्ख्या घटेको देखिए पनि समग्रमा दूरसञ्चार सेवाको प्रयोग भने घटेको देखिँदै प्रयोग बढिरहँदा पनि दूरसञ्चार सेवा प्रदायक आम्दानी सङ्कुचनको अवस्थामा किन छन् त? दुवै कम्पनीले यसलाई कोरोना सङ्क्रमणको असरको कारण मानेका छन् । एजियटाले आफ्नो प्रतिवेदनमा कोरोना सङ्क्रमणका कारण जारी गरिएको लकडाउनका कारण भौतिक सम्पर्क नहुँदा ब्यालेन्स राख्ने, सिमकार्ड तथा अन्य उपकरणको बिक्री घट्दा आम्दानी प्रभावित भएको उल्लेख गरेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन्।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - ०७:४८:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology