Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मोटरसाइकल दुर्घटनामा २० वर्षीय थापामगरको मृत्यु, युवती रजनी घाइते

मोटरसाइकल दुर्घटनामा २० वर्षीय थापामगरको मृत्यु, युवती रजनी घाइते

दैनिकी न्यूज

१६, फाल्गुण २०७७
मोटरसाइकल दुर्घटनामा २० वर्षीय थापामगरको मृत्यु, युवती  रजनी घाइते
images

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ। दुर्घटनामा एक युवती घाइते भएकी छन्। दुर्घटनामा व्यास-२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँकी २० वर्षीया रजनी गुरुङ घाइते भएकी छन्। दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ। रासस

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - १०:३८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology