Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल टेलिकमले प्रस्ताव गर्यो नगद लाभांश

नेपाल टेलिकमले प्रस्ताव गर्यो नगद लाभांश

दैनिकी न्यूज

१९, फाल्गुण २०७७
नेपाल टेलिकमले प्रस्ताव गर्यो नगद लाभांश
images

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७६–०७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्षका लागि नगद लाभांश प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि कम्पनीले नेपाल सरकारसमक्ष अनुरोध गर्नेछ। सरकारबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी नगद लाभांश कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ। 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १४:५७:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology