काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ५९.७० अंकले नेप्से घटेर २ हजार ४ सय ५५ दशमलब ३३ विन्दुमा आएर बन्द भएको थियो ।
नेप्सेका अनुसार आज ३९.२३ अंकले नेप्से घटेर २ हजार ४ सय १६ विन्दुमा थामिएको छ भने ६ अर्ब २५ करोड ४८ लाख बराबरको कारोबार भएको छ । आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.१२ अंकले घटेर ४३६.८० को विन्दुमा समेटिएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ। यो दिन व्यापार समूह सर्वाधिक ३०६.५४ अंकले उकालो लाग्यो भने होटेल तथा पर्यटन समूह ३५.१७ अंकले बढेको छ। यो दिन जीवन बीमा समूह सबैभन्दा बढी ४५२.५३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १६७.८८ अंक, बैंकिङ समूह १७.३ अंक, विकास बैंक समूह ३२.६८ अंक, जलविद्युत् समूह २०.३२ अंक, वित्त समूह १२.३२ अंक, उत्पादन तथा प्रशोधन समूह ८७.५८ अंक, अन्य समूह ८४.३५ अंक, लघुवित्त समूह ५६.४३ अंक, म्युचुअल फन्ड समूह ०.१३ अंक र लगानी समूह २.२६ अंकले गिरावट आएको छ।
आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशन रहेका छन् । जसको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी एशियन लाइफ इन्स्योेरेन्स ६.३६ र बरुण हाइड्रोको सेयर मूल्य ६.०६ प्रतिशतले घटेको छ ।