काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.६७ अंकले बढेर ४५१.४६ को उचाइमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँमा कारोबार भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। जीवन बीमा समूह सर्वाधिक ५७१.९५ अंकले बढेको छ । निर्जीवन बीमा समूह ३२४.४६ अंक, बैंकिङ समूह ५२.०४ अंक, व्यापार समूह २५६.७१ अंक, होटेल तथा पर्यटन समूह ६४.८७ अंक, विकास बैंक समूह ६१.९९ अंक, जलविद्युत् समूह ९१.१९ अंक, वित्त समूह ३१.०१ अंक, उत्पादन तथा प्रशोधन समूह १९०.६८ अंक, अन्य समूह १०३.८७ अंक, लघुवित्त समूह २०९.०६ अंक, म्युचुअल फन्ड समूह ०.०२ अंक र लगानी समूह ४.९१ अंकले बढेको छ ।
यो दिन निफ्राको सर्वाधिक ५३ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिखर इन्स्योरेन्सको २४ करोड ४४ लाख, नबिल बैंकको २० करोड १७ लाख रुपैयाँ, नेपाल टेलिकमको १९ करोड ८३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सका १७ करोड ९६ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १७ करोड ४४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ९७ लाख रुपैयाँ, नेपाल बैंकको १५ करोड ९० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ८४ लाख रुपैयाँ र प्रभु बैंकको १३ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन सूर्योदय लघुवित्त, लिबर्टी इनर्जी र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशत तथा किसान लघुवित्त, इन्फिनिटी लघुवित्त र हिमालयन पावर पार्टनरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
यस दिन जम्मा १३ कम्पनीको मात्र शेयरमूल्य घटेको छ। जसमध्ये अधिकांश म्युचुअल फण्ड र डिबेञ्चर रहेका छन्। आज एनएमबी फिप्टीका इकाइधनीहरुले धेरै गुमाए। यसको इकाइ मूल्यमा ३ प्रतिशत बढीको गिरावट आएको छ।