Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रहरी र तस्करबिच गोली हानाहान, एकजनाको मृत्यु

प्रहरी र तस्करबिच गोली हानाहान, एकजनाको मृत्यु

दैनिकी न्यूज

२०, फाल्गुण २०७७
प्रहरी र तस्करबिच गोली हानाहान, एकजनाको मृत्यु
images

कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका ७ पौलाहामा बिहीबार प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले गरेको जवाफी गोली चलाएको थियो । गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करहरुको समूहले गोली चलाएपछि जवाफी फायरिंगमा एक भारतीय नागरिकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका अनुसार ४ जनाको संख्यामा रहेका तस्करहरुको समूहले प्रहरीमाथि गोली चलाएको हो । गस्तीमा रहेका एक प्रहरी सामान्य घाइते भएको उनले बताए । मृतक भारत उत्तर प्रदेशको तिलिभितका २५ वर्षीय गोविन्द सिंह छन् । मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको डिएसपी थापाले बताए ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - २२:१८:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology