Logo

बुधवार, श्रावण २७ गते २०८३

images

महामारीमा बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट

महामारीमा बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट

दैनिकी न्यूज

२१, फाल्गुण २०७७
महामारीमा बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट
images

काठमाडौं । कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका छन् । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई टाट पल्टिनबाट बचाउन दिएको निर्देशनअनुसार यस्तो छुट दिएका हुन् ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार कोरोना महामारीमा बैंकहरुले छुट दिएका कारण यो वर्ष बैंकहरुको आम्दानी केही घट्न पुग्यो । दुई प्रतिशत ब्याज छुट अन्तरगत वाणिज्य बैंकहरुले नौ अर्ब ६७ करोड, विकास बैंकहरुले ९६ करोड ५० लाख, वित्तीय कम्पनीले १४ करोड ६७ लाख र लघुवित्तले एक अर्ब ४७ करोड रुपैयाँ छुट दिएका छन् ।

वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंकले कोरोनाको बेला वित्तीय संस्थाभन्दा पनि उद्योगी, व्यवसायीको हितलाई बढी ध्यान दिएको गुनासो गरे । उनले यसको असर आगामी वर्ष पनि कायमै रहने बताए ।

आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - ०७:३०:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology