Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

विप्लवले बढाए भेटघाट, एकैदिन बादल र वलीसँग छलफल

विप्लवले बढाए भेटघाट, एकैदिन बादल र वलीसँग छलफल

दैनिकी न्यूज

२२, फाल्गुण २०७७
विप्लवले बढाए भेटघाट, एकैदिन बादल र वलीसँग छलफल
images

ललितपुर । खुला राजनीतिमा प्रवेश गरेपछी नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक भेटघाट तीव्र पारेका छन् । उनले शनिबार जेलमा रहेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायतका नेता कार्यकर्तासँग भेट गरे। शनिबार बिहान मन्त्री निवास पुगेर गृहमन्त्री रामबहादुर थापालाई भेटेपछि महासचिव विप्लवले नख्खु कारागारमा रहेका वलीसहितका नेतासँग भेटवार्ता गरेका हुन्। विप्लवसँगै प्रवक्ता खड्गबहादु विश्वकर्मा प्रकाण्ड र उदय चलाउने ‘दीपक’ पनि नख्खु कारगार पुगेका थिए। सरकार र विप्लव समूहबीच बिहीबार भएको तीनबुँदे सहमतिमा भएको थियो। उक्त सहमतिमा सरकार पक्षले पक्राउ गरेका नेकपाका सबै नेता कार्यकर्तालाई रिहा गर्ने उल्लेख छ। यसअघि शुक्रबार काभ्रेबाट धर्मेन्द्र बास्तोला र कैलालीबाट दुई जना नेता छुटे पनि वलीसहितका नेता भने छुटेका थिएनन्। २०७५ सालमा नख्खुमा रहेको एनसेलको कार्यालयमा भएको बम विष्फोटको जिम्मा पार्टीका तर्फबाट वलीले लिएका थिए। उनीसहित ८ नेतालाई प्रहरीले काभ्रेबाट २०७५ चैतमा पक्राउ गरेको हो । वली विप्लव नेकपाको चौथो वरियताका नेता हुन्। विप्लवले आफ्ना उच्च तहका नेता पक्राउ परेपछी वार्ता गरेर सेफ ल्याण्ड गराएका हुन् ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १६:१३:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology