Logo

बुधवार, श्रावण २७ गते २०८३

images

प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

दैनिकी न्यूज

२३, फाल्गुण २०७७
प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए ।

सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ । रासस

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ०६:३५:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology