Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा आज एकैदिन थपियो १ अर्ब ८० करोड कित्ता बढी सेयर

नेप्सेमा आज एकैदिन थपियो १ अर्ब ८० करोड कित्ता बढी सेयर

दैनिकी न्यूज

२३, फाल्गुण २०७७
नेप्सेमा आज एकैदिन थपियो १ अर्ब ८० करोड कित्ता बढी सेयर
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ बैंक र १ लघुवित्त गरी ३ कम्पनीका १ करोड ८० लाख ७७ हजार ४७२.८७ कित्ता बोनस सेयर थपिएको हो। आज नेप्सेमा लक्ष्मी बैंकको ८८ लाख ३१ हजार ३०३.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंक गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर जारी गरेको थियो।

छिमेक लघुवित्त वित्तीय संस्था,माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको बोनस शेयर सूचीकृत भएको हो । छिमेक लघुवित्तको ३३ लाख कित्ता बोनस शेयर,माछापुच्छ्रे बैंकको ५९ लाख ४६ हजार १६९ दशमलव ३१ कित्ता र लक्ष्मी बैंकको ८८ लाख ३१ हजार ३०३ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

ती तीन ओटै कम्पनीको बोनस शेयर डिम्याट खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

छिमेक लघुवित्तले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २२ प्रतिशत बोनस शेयर,माछापुच्छ्रे बैंकले पुस २ गते साधारण सभाबाट पारित ७ प्रतिशत र लक्ष्मी बैंकले पुस २८ गतेको साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २०:२७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology