Logo

बुधवार, श्रावण २७ गते २०८३

images

खोपको दोस्रो खेप दिन सेरमको आनाकानीः ढुवानी सार्न वा सम्झौता रद्द गर्न पत्र

खोपको दोस्रो खेप दिन सेरमको आनाकानीः ढुवानी सार्न वा सम्झौता रद्द गर्न पत्र

दैनिकी न्यूज

२८, फाल्गुण २०७७
खोपको दोस्रो खेप दिन सेरमको आनाकानीः ढुवानी सार्न वा सम्झौता रद्द गर्न पत्र
images

काठमाडौं । भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ । सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो । भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो ।

सेरमले मार्च ३ स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएको छ । सेरमले नेपालसँग भएको खोप खरिद सम्झौता रद्द गर्न अथवा खोप ढुवानीलाई पछि सार्न चाहेको छ । ‘कम्पनीले अपेक्षा गरेभन्दा बढी अन्य देशका सरकारका नयाँ आवश्यकता पूरा गर्न सम्झौता भएको तथा खोप उत्पादन क्षमता विस्तार गर्न नसक्ने पृष्ठभूमिमा नेपालसँग भएको सम्झौता रद्द गर्न चाहेको’ पत्रमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले योजनाअनुसार खोप आपूर्ति नभए खोप लगाउने अभियान नै रोक्नुपर्ने स्थिति आउने बताए ।

सरकारले बुधबारसम्म सेरमबाट उत्पादित १२ लाख ६६ हजार खोप प्रयोग गरिसकेको छ । पहिलो डोज लगाएकाहरुलाई ८ देखि १२ सातामा दोस्रो डोज उपलब्ध गराउने सरकारी तयारी छ । सेरमबाट उत्पादित खोप लगाएका मानिसले अन्य कम्पनीको खोप लगाउन मिल्दैन ।

आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - ०६:५०:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology