Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज ६० जनामा कोरोना संक्रमण पुष्टि

आज ६० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२९, फाल्गुण २०७७
आज ६० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, शनिबार ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको छ ।

मुलुकभर ९ सय १५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १२ हजार ७ सय ९६ पीसीआर परीक्षण भएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या ९१५ रहेको छ भने ४९ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै,शनिबार कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - १६:२५:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology