Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सरकारको उदासिनताले बेइजिङमै थन्कियो अनुदानको खोप

सरकारको उदासिनताले बेइजिङमै थन्कियो अनुदानको खोप

दैनिकी न्यूज

४, चैत्र २०७७
सरकारको उदासिनताले बेइजिङमै थन्कियो अनुदानको खोप
images

काठमाडौं । नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो ।

चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासमार्फत तीन लाख डोज खोप दिने घोषणा गरेको थियो । त्यसपछि माघ २३ मा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन संवाद गरेर ५ लाख डोज खोप दिने वाचा गरेका थिए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फागुन १७ मा ट्वीट गर्दै थप ३ लाख डोज खोप दिने जनाएकी थिइन् । चिनियाँ दूतावासले उक्त खोप जतिसक्दो छिटो नेपालमा आइपुग्ने जनाएको थियो ।

तर आपत्कालीन रूपमा प्रयोग गर्नुपर्ने भ्याक्सिन हालसम्म आउन सकेको छैन । ‘हाम्रो सूचनाअनुसार नेपाललाई अनुदानमा उपलब्ध गराउने भ्याक्सिन बेइजिङको स्टोरमा छ । अब त्यो भ्याक्सिन ल्याउने काम नेपालको हो,’ चिनियाँ दूतावासका एक अधिकारीले भने । उनका अनुसार नेपालका लागि फेब्रुअरीको अन्त्य (फागुन १५) तिर नै खोप छुट्याइएको थियो । ‘तर नेपालले हालसम्म उक्त खोप ल्याउन कुनै पनि जहाज पठाएको छैन,’ ती अधिकारीले भने ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले चीनबाट अनुदानमा प्राप्त खोप ल्याउन गृहकार्य भइरहेको जानकारी दिए । उनका अनुसार स्वास्थ्य मन्त्रालयले खोप ल्याउन परराष्ट्र मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरिसकेको छ । ‘अब ती मन्त्रालयले मिलेर भ्याक्सिन ल्याउनेछन्,’ मन्त्री त्रिपाठीले भने ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०७:२०:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology