Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौंका धारामा झर्‍यो मेलम्चीको पानी

काठमाडौंका धारामा झर्‍यो मेलम्चीको पानी

दैनिकी न्यूज

१५, चैत्र २०७७
काठमाडौंका धारामा झर्‍यो मेलम्चीको पानी
images

काठमाडौं । लामो प्रतिक्षापछी सिन्धुपाल्चोक मेलम्चीको खानेपानी आइतबारबाट काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम आइतबारदेखि सुरु गरेको हो । केयूकेएलले आइतबार दुई बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा पानी वितरण सुरु गरिएको जानकारी दिएको छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले चाबहिलको महाँकाल चौरको ट्यांकीबाट दुई बजेदेखि पानी वितरण सुरु गरेको बताए । ‘मेलम्चीको खानेपानी वितरण गरिरहेका छौं । चाबहिलको महाँकाल चौरको ट्यांकीबाट हाम्रो २ बजेदेखि सुरु भयो,’ उनले भने, ‘अनामनगरको ट्यांकीबाट पनि २ बजेदेखि सुरु गर्‍यौं । अहिले मेलम्चीको कुटुबहाल, कालोपुल, विशालनगर, देवकोटा चोक, बत्तिसपुतली, बागेश्वरी क्षेत्रमा पानी आइरहेको छ ।’ यो पानीलाई बन्द गरेर फेरि अर्काेतिर पठाइदिने उनले बताए । हाल मीनभवनको पानी ट्यांकी भरिँदै गरेको उनको भनाइ छ । ‘आज तीन बजेदेखि मीनभवनको ट्यांकीमा पानी भर्न सुरु गरेका हौं,’ राईले भने ‘यो भरिन तीन/चार घन्टा लाग्ला भन्ने छ । यो भरिसकेपछि त्यहाँबाट पनि वितरण गर्न सुरु गर्छाै ।’ उनका अनुसार केयूकेएलले पानी वितरणको काम गरिरहेको छ । बाँसबारी र महाराजगन्जको ट्यांकीमा पनि पानी भरेर वितरण गरिनेछ । खुमलटारको पानी चढ्न एकदुई दिन लाग्ने जस्तो भए पनि चाँडोभन्दा चाँडो उपभोक्तालाई पानी वितरण गर्नका लागि कोसिस भइरहेको उनले बताए । उपत्यकामा पहिलोपटक आइतबारदेखि पानी वितरण गरिएको हो । पहिलो दिन ४ करोड लिटर पानी वितरण गरिने केयूकेएलले जनाएको छ । केयूकेएलको पुरानै प्रणालीबाट पानी वितरण गर्दैछ । सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी जम्मा गरि वितरण प्रक्रिया थालेको केयूकेलले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - २२:४५:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology