Logo

आइतवार, श्रावण २४ गते २०८३

images

थ्री नेसन्स कप जित्ने नेपाली खेलाडीले जनही एक लाख पाउने

थ्री नेसन्स कप जित्ने नेपाली खेलाडीले जनही एक लाख पाउने

दैनिकी न्यूज

१७, चैत्र २०७७
थ्री नेसन्स कप जित्ने नेपाली खेलाडीले जनही एक लाख पाउने
images

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एकरएक गोल गरेका थिए । बंगलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

images
प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - २२:३५:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology