Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

स्वास्थ्य मन्त्रालयद्वारा भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयद्वारा भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

दैनिकी न्यूज

२७, चैत्र २०७७
स्वास्थ्य मन्त्रालयद्वारा भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस
images

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ।

मन्त्रालय २५ जनाभन्दा बढी भेला हुने विद्यालयलगायतका क्षेत्र बन्द गर्न सर्न कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) समक्ष सिफारिस गरेको हो। दोस्रो लहरको कोरोना महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन यस्तो सिफारिस गरिएको मन्त्रालयले जनाएको छ।

हाललाई विद्यालय बन्द गरी विद्यार्थीलाई अनलाइनबाटै पठनपाठन गराउनुपर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन्।

मन्त्रालयले विद्यालयसँगै भीडभाड हुने सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेसलगायत पनि बन्द गर्न सिफारिस गरेको छ।

images
प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - १४:५९:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology