Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतवार सुनको भाउ घट्यो

आइतवार सुनको भाउ घट्यो

दैनिकी न्यूज

२९, चैत्र २०७७
आइतवार सुनको भाउ घट्यो
images

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ८९ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ९०० मा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ०५० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू। ८९ हजार ४५० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको पनि घटेको छ । शुक्रवार प्रतितोला रू। एक हजार २८० मा कारोबार भएको चाँदी आइतवार रू। १ हजार २७५ मा खरीदविक्री भइरहेकको छ । शुक्रवारको तुलनामा आइतवार चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो ।

images
प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - १३:५९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology