Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाका सिकिस्त बिरामी बढ्दै, १८ वर्षमुनिका बालबालिका पनि अस्पतालमा

कोरोनाका सिकिस्त बिरामी बढ्दै, १८ वर्षमुनिका बालबालिका पनि अस्पतालमा

दैनिकी न्यूज

३०, चैत्र २०७७
कोरोनाका सिकिस्त बिरामी बढ्दै, १८ वर्षमुनिका बालबालिका पनि अस्पतालमा
images

काठमाडौं । राजधानीका विभिन्न अस्पतालमा कोरोनाका सिकिस्त बिरामी बढ्न थालेका छन् । सिकिस्त बिरामी बढेसँगै कोरोनाको जोखिम झन् बढेको चिकित्सकहरुले औल्याएका छन् । विवरणअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ जना आईसीयूमा भर्ना भएका छन् । भर्ना भएकामध्ये १४ जना निमोनिया भइसकेर अक्सिजन चाहिने अवस्थाका छन् । तीमध्ये ६ जना सिकिस्त छन् ।

त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २२ जना बिरामी भर्ना भएका छन् । उनीहरु सबै अक्सिजन चाहिने अवस्थाका छन् । वीर अस्पतालमा ५ जना कोरोना संक्रमित भर्ना भएका छन् । यसमध्ये २ जना आईसीयूमा छन् ।

चिकित्सकका अनुसार भर्ना हुनेमा १८ वर्षमुनिका बालबालिका पनि छन् । पहिला बृद्ध उमेरका व्यक्ति कोरोनाबाट सिकिस्त भएर आउने गरेकामा यसपालि युवा उमेरका पनि सिकिस्त भएर भर्ना भएका छन् । संक्रमितमध्ये धेरैमा युकेको नयाँ भेरिएन्ट देखिएको छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - ०६:४७:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology