Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घुस लिएको अभियोगमा सातजना विरुद्ध मुद्दा

घुस लिएको अभियोगमा सातजना विरुद्ध मुद्दा

दैनिकी न्यूज

३१, चैत्र २०७७
घुस लिएको अभियोगमा सातजना विरुद्ध मुद्दा
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेसमेत सातजनाविरुद्ध गैरकानूनी लाभ तथा हानि गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गोरखाको नौलीखोला तेस्रो लघु जलविद्युत् आयोजना मर्मत तथा पुनर्निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरी अनियमितता गरेको पाइएको छ । सो कार्यका लागि प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनीयर प्रवीन बस्ती सबइन्जिनीयर रामनारायण चौधरीविरुद्ध रु १० लाख ६३ हजार ५७ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

यस्तै, आयोगले आयोजनाका उपभोक्ता समितिका अध्यक्ष दमाइँ गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । त्यस्तै, वडास्तरीय अनुमगन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङलाई भने बिगो दाबी गरिएको छैन । रासस

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - ०६:१७:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology