Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

हेलचक्र्याइँ गरे कोरोना संक्रमण भयावह

हेलचक्र्याइँ गरे कोरोना संक्रमण भयावह

दैनिकी न्यूज

१, बैशाख २०७८
हेलचक्र्याइँ गरे कोरोना संक्रमण भयावह
images

काठमाडौं । जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाही जारी रहे छिटै दैनिक ११ हजारजनाका दरले कोरोना संक्रमण बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ। यस्तो प्रक्षेपण राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार पत्रकारसँगको भेटघाटमा बताएका हुन्। यस हिसाबले आगामी असारसम्ममा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण हुने आकलन गरिएको छ।

मन्त्री त्रिपाठीले बढ्दो संक्रमण नियन्त्रण गर्न कडाइपूर्वक जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरे। ‘कोरोना संक्रमणको दोस्रो लहरको प्रमुख कारणमा लापरबाही नै बढी देखिन्छ’, उनले भने। मन्त्री त्रिपाठीले फैलिँदो संक्रमण नियन्त्रण गर्न एक महिनाका लागि विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन गर्ने निर्णय भएको बताए। लकडाउन गर्ने योजना भने हाललाई नरहेको उनले स्पष्ट पारे।


उनका अनुसार सीमा नाकाबाट प्रवेश गर्नेलाई नाकामै परीक्षण गर्ने र १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको छ। बढ्दो संक्रमणलाई ध्यानमा राखी सबै अस्पताललाई तयारी अवस्थामा राख्न आवश्यक सामग्रीबारे जानकारी लिएको उनले बताए। मन्त्री त्रिपाठीले रोकिएको खोप छिटै नेपाल आइपुग्ने संकेत गरे। ‘खोप छिटै आउँछ, कसैले नचिताएको खोप आउँछ’, उनले भने। आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - ०८:०८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology