Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

वैशाख ७ देखि कोरोना खोपको दोस्रो डोज, हेर्नुहोस कसले कहिले लगाउन पाउँछन

वैशाख ७ देखि कोरोना खोपको दोस्रो डोज, हेर्नुहोस कसले कहिले लगाउन पाउँछन

दैनिकी न्यूज

१, बैशाख २०७८
वैशाख ७ देखि कोरोना खोपको दोस्रो डोज, हेर्नुहोस कसले कहिले लगाउन पाउँछन
images

काठमाडौं । कारोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका नागरिकले दोस्रो मात्रा २०७८ वैशाख ७ देखि ११ गतेसम्म लगाउन पाउने भएका छन् ।

नेपालमा भारत सरकारको सहयोगमा २०७७ माघ ८ गते पहिलोपटक १० लाख डोज खोप भित्रिएसँगै माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो मात्रा लगाइएको थियो। खोपको पहिलो मात्रा लगाएको मितिअनुसार दोस्रो मात्राका लागि मिति तोकिएको छ ।

गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकालाई दोस्रो मात्राको खोप लगाउने मिति वैशाख ७ गते तोकिएको छ । त्यसैगरी माघ १८, १९, २०, २१ र २७ मा पहिलो खोप लगाउनेले वैशाख ८ गते, माघ २२, २३, २४, २८ र फागुन २ गते लगाएकाले वैशाख ९ गते दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् ।

माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाउनेको पालो वैशाख १० मा राखिएको छ । माघ ३० र फागुन ७, ८, ९ र १० मा पहिलो मात्रा खोप लगाएकाहरूले वैशाख ११ गते दोस्रो मात्रा पाउनेछन्।

कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - ०८:३५:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology