Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

‘‘डबल म्युटेन्ट भेरियन्ट’ सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ

‘‘डबल म्युटेन्ट भेरियन्ट’ सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ

दैनिकी न्यूज

३, बैशाख २०७८
‘‘डबल म्युटेन्ट भेरियन्ट’ सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ
images

काठमाडौँ । कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्रि) खोजी गर्न थालिएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण खोजी भइरहेको जानकारी दिए ।

“सङ्क्रमण देखिएका व्यक्ति विदेशबाट आएका हुन्”, उनले भने, “उहाँहरुको यात्रा विवरण, कन्ट्याक्ट ट्रेसिङ हामीले खोजिरहेका छौं ।” हङ्कङमा परीक्षणका क्रममा बुधबार ललितपुरका ५९ वर्षीय एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ र अन्य नौ जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो । पन्ध्र जनाको अणुवांशिक (जीन सिक्वेन्सिङ) मा एक जनाको ‘डबल म्युटेन्ट भेरियन्ट’ भेटिएको हो ।

सङ्क्रमित तीन हप्ता पहिले नेपाल आएकाले उनीहरुमा सङ्क्रमण नभए पनि अरुलाई सारेको हुनसक्ने भएकाले कन्ट्रयाक्ट ट्रेसिङलगायतका कार्य भइरहेको उनले बताए । दुवै कोभिड–१९ का नयाँस्वरुप भएकाले कडा खालका भाइरस मानिन्छन् । दुवै सङ्क्रामक क्षमता बढी रहेका भाइरस हुन् ।

images
प्रकाशित मिति :बैशाख ३, २०७८ शुक्रवार - ०६:२५:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology