Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन निर्देशन

सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन निर्देशन

दैनिकी न्यूज

३, बैशाख २०७८
सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन निर्देशन
images

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना (कोभिड–१९) सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । बिहीबार आठ बुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामारी फैलिन थालेपछि सो मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० प्रतिशत शय्या छुट्याउन र कोभिडका बिरामीको उपचारका लागि यसअघि तोकिएअनुसार निःशुल्क सेवा प्रदान गर्न समेत मन्त्रालयले निर्देशन दिएको जानकारी दिए ।

मन्त्रालयले पीसीआर परीक्षण गर्ने निजी प्रयोगशाला र कोभिड–१९ को उपचार गर्ने निजी अस्पतालको हकमा पनि शुल्क तोकेको छ । मन्त्रालयले निजी प्रयोगशालाले दुई हजार रुपियाँ नबढाइ शुल्क लिन सक्ने उल्लेख गरेको छ । यस्तै कोभिडको उपचार गर्ने निजी अस्पतालले सङ्क्रमितको औषधिबाहेक उपचारका लागि सङ्क्रमणको जटिलताका आधारमा सामान्य अवस्थाका बिरामीका लागि प्रतिदिन तीन हजार पाँच सय रुपियाँ, मध्यम अवस्थाका लागि प्रतिदिन सात हजार रुपियाँ र जटिललाई प्रतिदिन १५ हजार रुपियाँ र त्यसमा ५० प्रतिशत थप नबढ्ने गरी शुल्क लिन सक्ने उल्लेख गरेको छ ।

मन्त्रालयले निजी अस्पतालमा नियमित सेवा लिन आएकाहरूलाई कोभिड–१९ पुष्टि भएको अवस्थामा अन्यत्र रिफर नगर्न समेत अनुरोध गरेको छ । यस्तै सबै अस्पताललाई फिवर क्लिनिक सञ्चालनमा ल्याउन तथा कोभिड–१९ को परीक्षणका लागि नमुना सङ्कलन गर्ने तथा परीक्षणको व्यवस्था मिलाउनेतर्फ पनि ध्यान दिन आग्रह गरेको छ । पछिल्लो दुई सातायता नेपालमा कोरोना सङ्क्रमण पुनः बढ्दो क्रममा रहेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०७८ शुक्रवार - ०६:३६:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology