Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

त्रिभुवन विमानस्थलमा अब ‘नो मास्क नो इन्ट्री’

त्रिभुवन विमानस्थलमा अब ‘नो मास्क नो इन्ट्री’

दैनिकी न्यूज

३, बैशाख २०७८
त्रिभुवन विमानस्थलमा अब ‘नो मास्क नो इन्ट्री’
images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब मास्क बिना जान नपाइने भएको छ।

अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बिहीबार सूचना प्रकाशित गरी बिना मास्क प्रवेश निषेध गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायको बैठकले बिहिबार सो निर्णय गरेको जनाइएको छ।

विमानस्थल उच्च जोखिममा भएको हुनाले पुर्व सतर्कता अपनाउनका लागि भीड नगर्न आग्रह गरिएको छ। आफन्तलाई विदाई गर्न जाँदा र लिन जाँदा मुख्य गेटबाटै फ​र्कन विमानस्थल प्रशासनले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०७८ शुक्रवार - ०८:११:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology