Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ निरन्तर वृद्धि

सुनको भाउ निरन्तर वृद्धि

दैनिकी न्यूज

६, बैशाख २०७८
सुनको भाउ निरन्तर वृद्धि
images

काठमाडौं । वैशाख लागेयता सुनको भाउ निरन्तर बढेको छ । सोमबार सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा किनबेच हुँदैछ ।

अघिल्लो कारोबार दिन पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ भने लगातार दोश्रो दिन स्थिर रहेको छ । महासंघले जनाए अनुसार सोमबार पनि चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - १३:३२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology