Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सरकारमा गएको भन्दै जसपाका ४ सांसद कारवाहीमा, मुख्यमन्त्री पोखरेलको पद ?

सरकारमा गएको भन्दै जसपाका ४ सांसद कारवाहीमा, मुख्यमन्त्री पोखरेलको पद ?

दैनिकी न्यूज

६, बैशाख २०७८
सरकारमा गएको भन्दै जसपाका ४ सांसद कारवाहीमा, मुख्यमन्त्री पोखरेलको पद ?
images

बुटवल । जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेश समितिले पार्टी निर्णय विपरीत सरकारमा जाने चार सांसदलाई पार्टीबाट निलम्बन गरेको छ । २४ घण्टाभित्र सरकारबाट राजीनामा गरेर फिर्ता नभए संसद् पद निलम्बनको प्रक्रिया अघि बढाइने पार्टीले चेतावनी दिएको छ । जसपा प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले विज्ञप्ती जारी गर्दै संसदीय दलको बैठकमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने बहुमतले निर्णय गरेर त्यही सरकारमा मन्त्रीको शपथ लिने चारै जनालाई तत्काल राजीनामा गरेर फिर्ता हुन निर्देशन गरेको छ । जसपाले सरकारमा मन्त्रीको शपथ ग्रहण गरेका सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई पार्टीको निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारबाट फर्कन निर्देशन गरेको हो । पार्टी प्रधानमन्त्री केपी ओलीको पुस ५ गतेको संसद् विघटन गर्ने कदमलाई असंवैधानिक भन्दै अर्को सरकारको विकल्पमा लागेको पनि उनले विज्ञप्ति मार्फत स्पष्ट पारेका छन् । उनले सोमबार बिहान साढे ७ बजेदेखि नै बसेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा बहुमतले निर्णय गर्दै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने निर्णय भएको जनाएका छन् ।शपथ लिएका चारै जनालाई २४ घण्टे स्पष्टिकरण सोध्दै स्पष्टिकरणको चित्त बुझ्दो जवाफ नआएसम्मका लागि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - २१:०३:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology