Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना बढ्न नदिन सरकारले बन्द गरायो यी क्षेत्र

कोरोना बढ्न नदिन सरकारले बन्द गरायो यी क्षेत्र

दैनिकी न्यूज

६, बैशाख २०७८
कोरोना बढ्न नदिन सरकारले बन्द गरायो यी क्षेत्र
images

काठमाडौं । सरकारले पूर्वनिर्धारित परीक्षा कोरोना भाइरसविरुद्धको मापदण्ड पालना गरी सञ्चालन गर्न अनुमति दिने भएको छ । सरकारले कोरोना भाइरससँग सम्बन्धित मन्त्रिपरिषद्ले जारी गरेको आदेशअनुसार पहिल्यै तय भएका परीक्षा सञ्चालन अनुमति दिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त आदेशबारे जानकारी दिँदै भने, 'विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालन गरी सञ्चालन गर्ने ।' त्यस्तै, ठूला नगरपालिका तथा सहरका शैक्षिक संस्था, ट्युसन सेन्टर, तालिम बैशाख महिनासम्म अन्त्य गर्नुपर्ने आदेश गरेको मन्त्री गुरुङले जानकारी दिए । सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्वीमिङ पुल लगायत भीडभाड हुने ठाउँलाई भने वैशाखभर बन्द गर्नुपर्ने उनले बताए । धार्मिक स्थलमा वैशाख मसान्तसम्म नृत्य पूजा मात्रै गर्ने/गराउन, एक पटकका २५ जनाभन्दा बढी भन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न आदेश जारी भएको छ । सपिङ मल, डिपार्टमेन्ट स्टोरमा पनि २५ जनाको मात्रै उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्नुपर्ने आदेशमा भनिएको छ ।

मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामी लगायत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाह लगायतका कार्य गर्नुपर्ने भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिई २५ जनाभन्दा बढी उपस्थित नहुनेगरी गर्न सकिने सरकारले आदेश जारी गरेको छ ।

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - २१:१६:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology