Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आजदेखि दोस्रो डोज खोप दिइँदै

आजदेखि दोस्रो डोज खोप दिइँदै

दैनिकी न्यूज

७, बैशाख २०७८
आजदेखि दोस्रो डोज खोप दिइँदै
images

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाहरूलाई दोस्रो डोज आजदेखि दिँदैछ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

पहिलो चरणमा चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट सेवाग्राहीले आजदेखि देखि ११ गतेसम्म खोप लिन पाउनेछन् । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि ७ लाख डोज खोप मौज्दात रहेको खोप विभाग प्रमुख डा। झलक शर्मा गौतमले बताए ।

सबै जिल्लाबाट दिइने खोपका लागि स्थानीय तहले आवश्यकताअनुसार खोप केन्द्र थपघट गर्नसक्ने पनि डा. गौतमले बताए ।

हेर्नुहोस कसको पालो कहिले
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरूको वैशाख ७ गते
माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरूको वैशाख ८ गते
माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरूको वैशाख ९ गते
माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरूको वैशाख १० गते
माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरूको वैशाख ११ गते

images
प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - ०७:५०:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology