Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

दोब्बरले बढ्न थाले कोरोना संक्रमित, डरायो सरकार !

दोब्बरले बढ्न थाले कोरोना संक्रमित, डरायो सरकार !

दैनिकी न्यूज

९, बैशाख २०७८
दोब्बरले बढ्न थाले कोरोना संक्रमित, डरायो सरकार !
images

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए । मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे । ‘कोरोना संक्रमण काठमाडाैं लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ,' डा गौतमले भने, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन ।’ उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेको बताए ।

images
प्रकाशित मिति :बैशाख ९, २०७८ बिहिवार - ००:०३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology