Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाको दोस्रो लहरको असर वित्तीय प्रणालीमा, बैंकमा अधिक तरलता स्थिर

कोरोनाको दोस्रो लहरको असर वित्तीय प्रणालीमा, बैंकमा अधिक तरलता स्थिर

दैनिकी न्यूज

९, बैशाख २०७८
कोरोनाको दोस्रो लहरको असर वित्तीय प्रणालीमा, बैंकमा अधिक तरलता स्थिर
images

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बन्दै जाँदा त्यसको असर वित्तीय प्रणालीमा पनि देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह घटिनसके पनि नयाँ कर्जाको माग प्रभावित हुन थालेको बैंकरहरूले बताएका छन् ।

लगानीकर्ताले दोस्रो लहरको कोरोना संक्रमणको प्रभाव आँकलन गरेर बसेकाले उत्साहित रूपमा नयाँ कर्जा माग नआएको उनीहरूको भनाइ छ । ‘पछिल्ला दिनमा वित्तीय प्रणालीमा रहेको अधिक तरलता स्थिर देखिनु यसकै संकेत हो,’ एक बैंकरले भने, ‘दुईरचार महिना अघिकै स्तरमा कर्जा माग भएको भए, अहिले तरलता अभाव भइसकेको हुन्थ्यो ।’

पछिल्ला दिनमा अन्तर बैंक दर बढे पनि ५ प्रतिशतभन्दा कम नै रहेकाले तरलता स्थिर भएको रूपमा बुझ्नुपर्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख एवं अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘अन्तर बैंक ब्याजदर १ देखि ५ प्रतिशतसम्म रहनु तरलता सामान्य भएको अवस्था हो,’ उनले भने, ‘त्योभन्दा माथि गयो भने तरलता अभाव भएको संकेत हो ।’ यसअघि तरलता अधिक हुँदा लामो समयसम्म अल्पकालीन ब्याजदर ९अन्तर बैंक दर० १ प्रतिशतभन्दा कम थियो । पहिलो लहरको कोरोना संक्रमणको असर कम हुँदै गएपछि कर्जा प्रवाह ह्वात्तै बढेको थियो । त्यसपछि अन्तर बैंक दर पनि बढेर ५ प्रतिशत नजिक पुगेको थियो । यसअघि वित्तीय प्रणालीमा सवा २ खर्ब रुपैयाँसम्म अधिक तरलता थुप्रिएको थियो । त्यतिबेला भारित औसत अन्तर बैंक दर ०।२ प्रतिशत थियो । तरलता घट्दै गएपछि अन्तर बैंक दर पनि बढ्न थालेको हो ।

राष्ट्र बैंकका अनुसार गत वैशाख २ मा अन्तर बैंक दर यो वर्षकै उच्च ४।६० प्रतिशत पुगेको थियो । चैत मसान्तमा राजस्वबापत ठूलो रकम सरकारी खातामा गएकाले बैंकमा तरलता कमी भई अन्तर बैंक दर बढेको हो । सोमबार अन्तर बैंक दर घटेर ३।७८ प्रतिशत कायम भएको छ । गत आइतबार र सोमबार एक्कासि सरकारी खर्च बढेकाले अन्तर बैक दर घटेको हो । अघिल्ला दिनमा दैनिक १ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म सरकारी खर्च ९चालु खर्च० हुँदै आएकामा आइतबार ६ अर्ब ७९ करोड र सोमबार ८ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ ।

यही साता मात्र राष्ट्र बैंकले बजारबाट ३ अर्ब ८० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा खरिद गरेको छ । उल्लिखित माध्यमबाट बजारमा मुद्रा आपूर्ति भएपछि तरलता सामान्य भएकाले अन्तर बैंक दर पनि घटेको जानकारहरू बताउँछन् । राष्ट्र बैंकका अनुसार सोमबारसम्म वित्तीय प्रणालीमा करिब ४४ अर्ब रुपैयाँ अधिक तरलता छ । आजको कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :बैशाख ९, २०७८ बिहिवार - ०८:११:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology